+
+

प्रहरीको सेवा प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १२:१९

६ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने उनले बताए ।

आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन प्रहरीहरु सफल हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?