+
+

तेल चोरी गरेको आरोपमा बारामा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १५:२२

६ कात्तिक, वीरगञ्ज । बारामा प्रहरीले ठूलो परिमाणमा खाने तेलसहित चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने बाँकी तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल उनीहरुले रौतहटमा बेचेका थिए ।

बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहट लगेर ३९ लाख रुपैयाँमा बिक्री गरेको प्रमाण प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रक समेत प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?