+

बिग्रँदो मनोदशा : जब बालबालिकालाई एन्जाइटी हुन्छ

२०७९ कात्तिक  ७ गते १४:५१ २०७९ कात्तिक ७ गते १४:५१
Shares
बिग्रँदो मनोदशा : जब बालबालिकालाई एन्जाइटी हुन्छ

कुनै पनि व्यक्तिलाई हरेक समय चिन्ता लाग्ने, छटपटी हुने र सानो कुरामा पनि डर लाग्ने हुन्छ भने त्यो एन्जाइटी हुन सक्छ । अस्थायी डर र चिन्ता त सबैमा देख्न सकिन्छ । तर  यो लक्षण लगातार देखियो वा बढ्दै गयो भने त्यो एन्जाइटी डिसअर्डर भएको हुनसक्छ । यसले दैनिक जीवन र कार्य गर्ने क्षमतामा प्रभाव पार्छ ।

कसरी हुन्छ एन्जाइटी ?

जीवनमा घटेका कतिपय अप्रत्यासित पीडादायक घटनाले मानिसलाई एन्जाइटीको अवस्थामा पुर्‍याउन सक्छ । त्यसैगरी वंशाणुगत कारणले पनि एन्जाइटी हुने सम्भावना अत्यधिक हुन्छ । कतिपयलाई विभिन्न शारीरिक रोगले एन्जाइटी बढाउँछ ।

कुनै व्यक्तिलाई लामो समयदेखि मानसिक तनाव तथा चिन्ताले पिरोलिरहेको छ । त्यसको समाधान खोज्न सकेन भने त्यस्ता व्यक्तिलाई पनि एन्जाइटी हुनसक्छ ।

एन्जाइटीको लक्षण

मुटुको धड्कन तेज हुनु, निद्रामा समस्या हुनु यसका मुख्य लक्षण हुन् । साथै अनायासै मनमा भय पैदा हुने, छटपटी हुने, कमजोर महसुस हुने, नकारात्मक विचारहरू आउने, टाउको भारी हुने र मुटु दुखेको जस्तो हुने एन्जाइटीका लक्षण हुन् ।

केही व्यक्तिमा हातखुट्टा झमझमाउने, मुटु हल्लिने, निद्रा बिथोलिने, पसिना आउने लक्षण पनि देखा पर्छन्  । त्यो उनीहरूमा देखिएको लक्षण पनि एन्जाइटीको नै हो ।

कुन उमेरमा बढी हुन्छ एन्जाइटी ?

२० देखि ३० वर्षको उमेर समूहमा यो समस्या बढी देखिन्छ । बालबच्चामा पनि यस्तो समस्या देखा पर्न सक्छ । ठूला व्यक्तिहरूले त आफ्नो समस्या बताउन सक्छन् । तर बालबालिकाले आफ्नो समस्या खुलेर बताउन सक्दैनन् । त्यसैले बच्चाहरु धेरै डराउँछन्, सानो सानो कुरामा पनि आत्तिन्छन् भने अभिभावकले त्यो कुराको ख्याल गर्नुपर्छ ।

एन्जाइटीले निम्त्याउने जटिलता

लामो समयसम्म एन्जाइटी भयो भने कालान्तरमा डिप्रेसनको समस्या पनि देखिन सक्छ । साथै मधुमेह, उच्च रक्तचापजस्ता रोगका बिरामीमा एन्जाइटी भयो भने त्यो समस्या अरु बढ्न सक्छ । एन्जाइटीले निम्त्याउने अर्को जटिलता दैनिकीमा प्रभाव पार्नु पनि हो । यो समस्या भएका व्यक्तिले कुनै पनि काम राम्ररी ध्यानपूर्वक गर्न सक्दैनन् ।

मूल कारण

एन्जाइटी हुनुको मुख्य कारण तनाव र चिन्ता हो । खानपानको कारणले पनि यस्तो समस्या बढ्न सक्छ । कफी चियाको धेरै सेवन, धुम्रपान, मद्यपान, लागुऔषधको सेवन र धेरै मसला प्रयोग भएका जंक तथा प्याकेट फुडको सेवनले पनि यस्तो समस्या निम्त्याउन भूमिका खेल्छ ।

नेपालमा एन्जाइटीको समस्या बढ्दो क्रममा नै छ । कति प्रतिशतले बढेको छ भनेर कुनै अध्ययन अनुसन्धान त भएको छैन, तर मानसिक अस्पतालमा बिरामीहरूको चाप बढेको आधारमा हेर्ने हो भने एन्जाइटीको समस्या हुनेको संख्या बढ्दो छ ।

महंगी बेरोजगारीजस्ता कारणले गर्दा मान्छेमा तनाव बढ्दो छ । कोरोना र डेंगुजस्ता महामारीको कारणले पनि मानिसहरू त्रासमा छन् । जसले एन्जाइटी हुनेको संख्या पनि बढ्दो छ ।

उपचार

एन्जाइटीको उपचार दुई तरिकाबाट हुन्छ, मनोपरामर्श र औषधिको सेवन । सामान्य एन्जाइटीको बिरामीलाई मनोपरामर्शमार्फत उपचार गर्न सकिन्छ । जटिल खालको एन्जाइटीमा भने औषधि र मनोपरामर्श दुवै प्रकारको उपचार आवश्यक हुन्छ । केहीमा औषधि र केहीमा मनोपरामर्शको विधिबाट यसको उपचार हुन्छ ।

सबै बिरामीहरूमा एन्जाइटीको उपचार एकै प्रकारको भने हुँदैन । केहीमा औषधि र केहीमा मनोपरामर्शबाट पनि उपचार हुन्छ । तर कसैलाई भने मनोपरामर्श र औषधि दुवै उपचार जरुरी हुन्छ ।

एन्जाइटीबाट बच्न के गर्ने ?

खराब जीवनशैली पनि एन्जाइटीको एक मुख्य कारण भएकाले जीवनशैली सुधार्नुपर्छ । पोषिलो र सन्तुलित खानपान, पर्याप्त निद्रा, नियमित व्यायाम, सकारात्मक चिन्तन जरुरी हुन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै लानुपर्छ ।

एन्जाइटी भएमा मनोपरामर्शदातासँग नियमित परामर्श लिनुपर्छ । यस्तो समस्यालाई कहिल्यै पनि सामान्य ठानेर बस्नु हुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

(डा. अधिकारीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा )

एन्जाइटी स्वास्थ्य
डा. सुमनप्रसाद अधिकारी
लेखक
डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर