+
+
पुस्तक समीक्षा :

‘इजोरिया’बाट खसेका झंकारहरु

आदर्शविक्रम सिंह आदर्शविक्रम सिंह
२०७९ कात्तिक ८ गते १७:५७

यो पुस्तकका सम्बन्धमा लेखिएका सबै रिभ्यु झुटा हुन् । यो पुस्तकमा मात्र सत्य हो । ‘इजोरिया’ नपढी बनाएका धारणा मनगढन्ते हुनेछन् भने पढेर बनाएका विचार इजोरियाबाट खसेका झंकार हुनेछन् । जुन आयामबाट यसको रिभ्यु गर्दा पनि पुस्तकले पूर्णता पाउने छैन । लेखकको यहाँ भन्दा अगाडिको प्रेरणादायी कृति ‘प्रिय सुफी’ पढ्दै गर्दा लेखकले यो भन्दा राम्रो कृति फेरि लेख्न सक्लान् ? भन्ने लागेको थियो ।

‘इजोरिया’ पढिसकेपछि मेरो हृदय आफैंसँग प्रश्न गरिरहेको छ- लेखकले ‘इजोरिया’ भन्दा राम्रो कृति फेरि लेख्न सक्लान् ?

इजोरिया प्रवेश

भाग-१

उपन्यासको पहिलो भाग सुरु हुँदा मधेशको भाषा र दैनिकीसँग नजिक नभएकालाई सकस हुँदोरहेछ । तर सरल भाषा शैली र कथाको सन्सपेन्सले उपन्यास छोड्नै सकिंदैन । उपन्यास पढ्दै गर्दा कुनै थ्रिलर सिनेमा हेरिरहेको जस्तो महसुस हुन्छ । उपन्यासको सुरुवातबाट नै सस्पेन्सको मज्जा लिन पाइन्छ ।

‘शिरीष’ले रहस्मय तरिकाले आत्महत्या गर्छिन् । दिदीले आत्महत्या गरिसकेपछि सिम्रिकमा मानसिक विचलन देखिन सुरु हुन्छ । विभिन्न खालका उट्पट्याङ हर्कत बेसी गर्न सुरु गर्छिन् । त्यही रहस्यको खोजमा बहिनी ‘सिम्रिक’ लागि पर्छिन् । ‘बा’का थप्पड उनका बानी बनिरहेका हुन्छन् । ‘आमा’को माया र स्नेह उनको दैनिकी सहजका कारण हुन्छन् । मुख्य पात्रको एक जना निस्वार्थी अर्थात् सहयोग मात्र गर्न जान्ने ‘ठाकुर’ भन्ने साथी हुन्छ । बेलाबेलामा मुख्य पात्रसँग कुराकानी गर्ने समयमा ‘मेरो विश्वास गरिहाल’ भन्ने ठाकुर प्रिय लाग्न थाल्छ ।

ठाकुरसँग कथामा बारबार कुरा भइरहने पात्रहरुमा ‘माई’, ‘फुवा’, ‘कहावत चाचा’, ‘रामबली’ र कथाकी मुख्य पात्र ‘सिम्रिक’ हुन्छन् । ठाकुरले ‘माई’लाई असाध्यै माया गर्छ । ‘संसारमा माईसँगै हुनुको सुखका अघिल्तिर सब सुख तुच्छ ।’ ‘काँध हो माई उसका लागि, चढेर जहाँ पनि पुगिदिन सक्छ । आँट हो माई उसका लागि, जे पनि गरिदिन सक्छ । हिम्मत हो माई उसका लागि, जस्तै बाधाहरु पनि तोडिदिन सक्छ ।’

आदर्शविक्रम सिंह

सिम्रिककी हजुरआमा शंकरकी सासू र रमिलाकी आमा ‘मायादेवी’को इन्ट्रीले उपन्यास कता गयो जस्तो लाग्छ । फेरि अन्त्यमा लाग्छ, लेखकले पाठकलाई सस्पेन्सको मज्जा चखाउन यस्तो गरेका रहेछन् । सिम्रिककी हजुरआमा कथामा आइसकेपछि थाहा हुन्छ, कोही अपरिचितले अँध्यारोमा छोडी गएको नासो हुन्छिन्- रमिला अर्थात् सिम्रिककी आमा, शंकरकी पत्नी ।

केही समयपछि फेरि सिम्रिक गजराज र आफ्नो डीएनए चेक गरेर मिल्यो भने आमाले न्याय पाउँछिन् कि भन्ने मनसायले सरकारी वकिललाई भेट्न जान्छे । तर वकिलले डीएनए मिले पनि करणी होकि सहमति छुट्याउन नसकिने कुरा सुनाउँछन् । सिम्रिक निरास भएर फर्किन्छे ।

सिम्रिक आºनो सत्रौं जन्मदिनको उपलक्ष्यमा ठाकुरबाट सेनेटरी प्याड जन्मदिनको उपहार पाएर भावुक हुन्छे । राति अबेर घर पुगेकी सिम्रिक बाको हातको थप्पड फेरि भेट्छे । प्रायजसो मौन रहने सिम्रिक आज बालाई प्रतिप्रश्न गरेर निःशब्द बनाउँछे ।

भाग-२

दोस्रो भाग उपन्यासको मेरुदण्ड हो । दोस्रो भागको आरम्भबाटै उही लेखक देखिन्छन्, जो आºनो प्रेमिल लेखनका कारण पाठकका मनमनमा बसेका छन् । सिम्रिकको ‘लभ स्टोरी’ सुरु भएपछि सम्पूर्ण उपन्यास यही कहानीमा आधारित छ भन्ने लाग्छ । उपन्यासको आधारको भाग नै बिर्सिन्छ । हुन त प्रेम सायद यस्तै हुन्छ । यसको अगाडि अरु स्मरण रहँदैनन् ।

क्याम्पसको विद्यार्थी नेता प्रशान्त उसको जिन्दगीमा हावासरी शीतलता लिएर आउँछ । केही समय शीतलता दिन्छ । उसलाई कोही हुनुको आभास दिलाउँछ । प्रेमको महसुस गराउँछ । साहित्यिक शब्दका बाछिटाहरुले छोटो समयमा नै दिलमा राज गर्छ । सिम्रिकको जीवनमा हावाको शीतलता ल्याएर आएको प्रशान्त तीव्र वेगको हुरी चलाएर जान्छ । प्रेमको मुस्कान ल्याएर आएको प्रशान्त भट्टीको नसा दिएर जान्छ । हुन त दोष पनि कसको भन्नु ? पहिले प्र्रेमको सौगात सिम्रिकले नै दिएकी हुन्छे । प्रशान्त त नाटककार हुन्छ, कथाको पात्र हुन्छ ।

कोही आउँदैमा र जाँदैमा जिन्दगी कहाँ बदलिने रहेछ र ! सिर्फ बदलिने त जिउने तरिका रहेछ भने झैं प्रशान्त सिम्रिकको जीवनबाट गइसकेपछि अभियान सिम्रिकको जीवनमा प्रवेश गर्छ । जति सिम्रिक प्रशान्तलाई माया गर्थी, त्यति नै माया अभियान सिम्रिकलाई गर्छ । सिम्रिकको जिउने तरिका सम्पूर्ण रुपमा बदलिसकेको हुन्छ । सिम्रिक अभियानसँग आºनो समय व्यतीत गर्न सुरु गर्छे । ऊ अभियानसँग तिनी हर्कत दोहोर्‍याउँछे । जुन प्रशान्तले उसको साथमा गरेको हुन्छ ।

बेप्रवाह सिम्रिकसँग एउटा मात्र उद्देश्य हुन्छ । दिदी अर्थात् ‘शिरीष’को घटनाको कारण पत्ता लगाउने । दिदीका साथीहरुसँगको निरन्तरको सोधपुछपछि घटनाको कारण पत्ता लगाउनतर्फ उन्मुख हुन्छे । घरमा शिरीषको घटनापछि उसका सामान थन्किएका हुन्छन् । घर छाडेर ठाकुरको घरमा बसेकी सिम्रिक घरमा जान्छे र दिदीको डायरी खोल्छे । जसमा घटनाको सम्पूर्ण विवरण खुलाइएको हुन्छ । मात्र मुख्य कुरा खुलाइएको हुँदैन, अपराधीको नाम ।

सबै कुरा र कारण थाहा पाइसकेपछि सिम्रिक आमासँग अपराधीको नाम खुल्नेगरी भन्न अनुरोध गर्छे । आमाले सम्पूर्ण वृत्तान्त सुनाउँछिन् । लगत्तै भाइ सन्देश, बहिनी सभ्यता र आमा रमिलालाई लिएर विराटनगर बसाइ सर्छे । विराटनगर आएको एक महिनापछि सिम्रिक ठाकुरलाई सम्पर्क गर्छे । केही दिनपछि ठाकुर भेट्न जान्छ । सिम्रिक ठाकुरलाई सबै कुरा भन्छे । एउटा नमीठो विपना बोकेर ठाकुर विराटनगरबाट जनकपुर फर्कन्छ ।

भाग-२      

जनकपुर र बाबाट छुटेर विराटनगर आइसकेपछि रमिला छोरीलाई सम्झाउँछिन् । छोरीलाई धेरै माया गर्थिन्, गर्छिन् । ‘आमाको ममता भनेको जून जस्तो होइन, आकार बदलिरहने । घामजस्तो पनि होइन, यामअनुसार कम-बढी झुल्कने । आमाको ममता त समयको धुकधुकी जस्तो हो, कहिल्यै नरोकिई एकैनासले धड्किरहन्छ । बरु नासिन्छिन् आमा । तर तिनले सन्तानका लागि लुटुपुटु निदाउने कोटीको आºनो ममताको राप छाडेर जान्छिन् ।’

तर जिद्दि सिम्रिक न्याय नपाएसम्म लडिरहने अठोट लिन्छे । अपराधीको खोज सुरु गर्छे । आमाले यतिका वर्ष पाएको दुःख फिर्ता ल्याउने कोसिस गर्छे । अचेल सिम्रिक आमालाई काम गर्न दिन्न । आमाले काम गरिन् भने उल्टै आमासँग रिसाउँछे । आमाले अब आराम गर्ने समय हो, सम्पूर्ण काम म गर्छु भन्छे ।

यो हरेक परिवारभित्रको आन्तरिक द्वन्द्वको कथा हो । मानवीय संवेदनाको कथा हो । यो समाजको प्रतिविम्बित झंकारको कथा हो । यो दोस्तीको कथा हो । यो माया, प्रेम र स्नेहको कथा हो । यो विद्रोहको कथा हो ।

उनीहरु विराटनगर सरेको केही समय भएको हुन्छ, आमाले जसलाई अपराधी भनेकी हुन्छिन् गजराज, उसको सरुवा पनि त्यही ठाउँमा हुन्छ । उनीहरु प्रहरीसमक्ष एफआईआर दर्ता गर्न जान्छन् । प्रहरीले दश वर्ष अगाडिको घटना दर्ता नहुने भने पनि प्रमाण आवश्यक पर्ने कुरा बताउँछन् । उनीहरुको एफआईआर दर्ता हुन्छ । तर प्रमाणको नाममा शिरीषले लेखेको डायरी बाहेक केही हुँदैन । जसमा गजराजको नाम लेखिएको छैन । गजराज पक्राउ परेर प्रमाण नपुगेपछि छुट्छ ।

केही समयपछि फेरि सिम्रिक गजराज र आºनो डीएनए चेक गरेर मिल्यो भने आमाले न्याय पाउँछिन् कि भन्ने मनसायले सरकारी वकिललाई भेट्न जान्छे । तर वकिलले डीएनए मिले पनि करणी होकि सहमति छुट्याउन नसकिने कुरा सुनाउँछन् । सिम्रिक निरास भएर फर्किन्छे ।

भोलि बिहान हुनुको अघिल्लो रात माओवादी भएको रामबली विराटनगरमा छ । सिम्रिकलाई निःस्वार्थ साथ दिने साथी ठाकुर मिस्रिकको घरबाट चिया सुरुप्प पारेर जरुरी काम छ भनेर निस्किएको छ । एकाबिहानै सिम्रिक मर्निङ वाकमा निस्किन्छे । स्थानीय ब्रह्मा मन्दिरको उत्तरतिर प्रहरीहरु मुचुल्का उठाइरहेका हुन्छन् । कोही खासखुस कुरा गरिरहेका हुन्छन् ।

उपन्यास यसरी सकिन्छ ।

उपन्यास पढेर सकिसकेपछि आफूले आफैसँग बसेर समीक्षा गर्न मन लाग्ने रहेछ । कुन आयामबाट यस उपन्यासको बारेमा धारणा बनाउने ? अघिल्लो जेनेरेसन कि पछिल्लो ? प्रेमको वियोगको बारेमा कि करणीको अभियोगको बारेमा ? पीडितका बारेमा कि पीडाका बारेमा ? घरमै बन्दी बनाइएका बारेमा कि जिन्दगी बन्धकी बनाइएका बारेमा ? बाल मनोविज्ञानका बारेमा कि बा मनोविज्ञानका बारेमा ? अपरिपक्व टिनएजका बारेमा कि परिपक्व हुँदै गरेका ट्वाटिजका बारेमा ? साथीका बारेमा कि स्वार्थीका बारेमा ? समाजका बारेमा कि परिवारका बारेमा ? स्वतन्त्रताका बारेमा कि सम्बन्धका बारेमा ? आदि, इत्यादि ।

उपन्यासभित्र सुधार्नुपर्ने, परिष्कृत गर्नुपर्ने काम होलान् । जुन मैले भेटिनँ, त्यस्तो कतै लागेन । म खसें । चुर्लुम्मै डुबें । मैले उपन्यासको मज्जा लिएँ । पढ्नुको जोए महसुस भयोे । ठाँउठाँउमा प्रयोग भएको मैथिली भाषाले पढ्न र बुझ्न असहजसँगै सुन्दरता थपेको थियो । नयाँ भाषासँग तादाम्यता बढाएको पनि थियो ।

अन्त्यमा,

यो हरेक परिवारभित्रको आन्तरिक द्वन्द्वको कथा हो । मानवीय संवेदनाको कथा हो । यो समाजको प्रतिविम्बित झंकारको कथा हो । यो दोस्तीको कथा हो । यो माया, प्रेम र स्नेहको कथा हो । यो विद्रोहको कथा हो । यो सामाजिक अपराधको कथा हो । यो भुईंमान्छेको कथा हो । यो सागरबाट खसेका आँसुका मसी बनाएर लेखिएको महाकथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?