
११ कात्तिक, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पुनरागमनमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० ले पराजित गरेको छ ।
टोटनहमविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न अस्वीकार गरेपछि गत साता चेल्सीविरुद्धको खेलमा ड्रप भएका रोनाल्डो युरोपा लिगका लागि टिममा फर्केका थिए ।
रोनाल्डोले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको ३-० को जित पक्का गरे । रोनाल्डोको यव ७०१औं करियर गोल हो ।
त्यसअघि डिएगो डालोटले ४४औं र मार्कुस रासफोर्डले ६५औं मिनेटमा गोल गरे ।
जितपछि समूह ई युनाईटेडले ५ खेलबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ ।
रियल सोसिडाड १५ अंकसहित समूह ईको शीर्ष स्थानमा छ ।
आर्सनल पराजित
युनाइटेडले जित हात पार्दा अर्को इंग्लिस क्लब आर्सनलले भने पराजित भएको छ ।
समूह ए को खेलमा आर्नल डच क्लब पीएसभीसँग २-० ले पराजित भएको हो । पीएसभीका लागि जोइ भिरमान र लुक डी जोङले गोल गरे ।
पराजित भएपछि आर्सनलले समूह विजेता बन्दै नकआउट चरणमा पुग्ने अवसर गुमाएको छ । बराबरीले पनि आर्सनल समूह विजेता बन्ने पक्का थियो । तर अब अन्तिम खेल कुर्नुपर्ने भएको छ ।
आर्सनल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ भने जितसँगै पीएसभी समान खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4