+
+

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड ग्रस, दोस्रो साता पनि आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १३:२०

काठमाडौं । फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको पहिलो साता लगानी सुरक्षित गरेको छ । निर्माण कम्पनी ए प्लस इन्टरटेनमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिलो साताको कमाइ सार्वजनिक गरेको छ ।

पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ भएको निर्माता शरद श्रेष्ठले उल्लेख गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म कात्तिक ४ गते रिलिज भए पनि तिहार बिदाको मौकामा फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेको थियो ।

आज (शुक्रबार)देखि दयाहाङ राई र विपिन कार्की स्टारर फिल्म दोस्रो सातामा प्रवेश गरेको छ । योसँगै यस वर्ष दयाहाङको हयाट्रिक पूरा भएको छ । कबड्डी ४ र दुई नम्बरीपछि के घर के डेरा लगानी उठाउन सफल तेस्रो फिल्म हो । दोस्रो सातादेखि फिल्मले मुनाफाको दौड सुरु गर्नेछ ।

शुक्रबारदेखि आइतबारसम्म तिहार-छठ बिदा समेत भएकाले फिल्मले उछाल कमाइ गर्ने अपेक्षा गरिएको छ । दोस्रो शुक्रबारदेखि ‘महापुरुष’को रिलिजको बाबजुद पनि फिल्मले शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । यस्तोमा फिल्मले दोस्रो सप्ताहन्तसम्म सजिलै ६ करोड रुपैयाँ बढी ग्रस कमाइ गर्ने अपेक्षा छ ।

के घर के डेरा दीपेन्द्र के खनालको अर्को व्यावसायिक हिट फिल्मको रुपमा पनि दरिएको छ । ‘पशुपति प्रसाद’पछि खनाल र विपिन कार्कीको सहकार्य पनि सफल देखिएको छ । कमेडी फिल्म के घर के डेराले काठमाडौंमा घर बनाउन संघर्ष गर्ने पात्रहरुको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?