+
+

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १५:३९

१२ कात्तिक, वीरगञ्ज । बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरी टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल पक्राउ परेका हुन् ।

१५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।

चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?