+
+

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते २०:३६

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ ।

सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो ।

भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारत ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

पर्थमा भारतले दिएको १३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि अइडन मारक्रम र डेविड मिल्लरले अर्धशतक बनाएका थिए ।

२४ रनमा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि अइडन मारक्रम र डेविड मिल्लरले ७६ रनको साझेदारी गर्दै इनिङ्स अगाडि बढाएका थिए ।

मिल्लरले ४६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । मारक्रमले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

कप्तान तेम्बा बभुमाले १० रन जोडे ।

भारतका अर्शदिप सिंहले २ तथा मोहम्मद शामी, हार्दिक पाण्ड्या र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ४० बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए ।

कप्तान रोहित शर्माले १५ र विराट कोहलीले १२ रन जोडे भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतलाई १३३ रनमै रोक्ने क्रममा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

यस्तै वायने पार्नेलले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । एनरिक नोर्कियले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?