+
+

बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी व्यवसायीले काठमाडौंमा प्रदर्शन गर्ने  

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १७:४३
बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्दै भैरहवाका उद्योगी व्यवसायी/फाइल तस्वीर

१७ कात्तिक,काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाडौं उपत्यकाका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाले पीडित बनाएको भन्दै उनीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको संयोजनमा सबै जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको आह्वानमा शुक्रबार दबावमुलक प्रर्दशनको कार्यक्रम तय भएको उद्योग वाणिज्य संघ काठमाडौंले जनाएको छ ।

अर्थतन्त्रलाई नै असर पर्ने खालका गतिविधि बैंक तथा वित्तीय संस्थाहरुले गरेकोबारे राज्यलाई अवगत गराउन आन्दोलन गर्न लागिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

श्रेष्ठकअनुसार आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय संस्थाविरुद्ध शुक्रबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोधको कार्यक्रम तय भएको छ । कार्यक्रम, काठमाडौं, भक्तपुर, ललितिपुर, बनेपा, धुलिखेल लगायतका नगर संघका उद्योगी व्यवसायीहरु सहभागी हुने श्रेष्ठले बताए ।

बैंक तथा वित्तीय संस्था नसुध्रिए वा सरकारले व्यवसायीको समस्या समाधानमा चासो नदिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने श्रेष्ठले बताए । काठमाडौं उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनका कार्यक्रम हुने उनले बताए ।

राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै यसअघि रुपन्देही, नवलपरासी र विराटनगरमा पनि उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रर्दशन गरेका थिए ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?