
१८ कात्तिक, दाङ । दाङमा एक युवकले श्रीमतीको हत्यापछि आत्महत्या गरेका छन् ।
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकामगरले ३७ वर्षीया श्रीमती निरु रोकाको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
बिहीबार राति आफन्तको घरमा बास बस्न गएका दुवैजना शुक्रबार बिहान मृत फेला परेका हुन् ।
डीएसपी गौतमका अनुसार राति सँगै सुतेका नवीनले निरुको घाँटी थिचेर हत्या गरेपछि आफू अर्को कोठामा गएर झुण्डिएर आत्महत्या गरेका हुन् ।
घरायसी विवाद हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4