+
+

साफ यू-१५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित, वर्षाको निर्णायक गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १८:१९

 

१९ कात्तिक, काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशलाई शनिवार १-० ले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले घरेलु टोलीलाई पराजित गर्दै ३ अंक जोडेको हो । प्र

तिस्पर्धात्मक खेलमा वर्षाले ८७औं मिनेटमा गोल गरेकी थिइन् ।

सिमरन राईको लामो फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाट वर्षाले गोल गरेकी हुन् । लगातार दोस्रो जितपछि नेपालले ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।

वर्षा ओलीको चार गोल मद्दतमा नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गरेको थियो ।

भुटानलाई पहिलो खेलमा ८-० ले पराजित गरेको बंगलादेशको भने यो पहिलो हार हो ।

तीन टिम सहभागी प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

नेपालले अर्को खेल बुधबार भुटानसँग खेल्नेछ भने अन्तिम खेल आउने शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?