+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
कविता :

बधाई

पूजा शर्मा 'प्रकृतिप्रेमी' पूजा शर्मा 'प्रकृतिप्रेमी'
२०७९ कात्तिक २० गते ११:३९

मेरो नाम सिफारिसमा परेकोमा किन बधाई ?
के पायौ तिमीले ?
त्यो पनि छैन ।
तिमीलाई दिन केही सकिन र पनि बधाई मलाई
म पार्टीमा छानिएँ त किन बधाई ?
तिम्रो योगदानलाई माटोमा मिलाएर
ख्वामितको चाकडी गरेको मात्र हुँ
फेरि बधाई किन ?

मलाई चुनाव जितेकोमा बधाई किन ?
मैले जित्दा तिमीले हारेका छौ
बरू भन जिम्मेवारी पूरा गर
ममाथि साङ्लो लगाऊ लगामको
सिसिपसलाई जस्तै कठोर सजाय देऊ

म मन्त्री भएकोमा बधाई किन ?
यो जित हैन
जिम्मेवारी भएको भए
निर्मलाहरू किन मर्थे ?
मिटरब्याजीहरू किन लुटिन्थे ?
पार्टीमा मेरो पदोन्नतिमा तिमीले के पायौ ?
तिमीले गर्न नसकेको मैले के गरें ?
मैले के गरें समाजका लागि ?

किन लेखाजोखा गर्दैनौ ?
तिमी मेरा सबै कुकामहरूलाई
तिमीले पढ्ने स्कुल बिगारेर
मेरो छोरी देश छाडेर विदेश गएकोमा बधाई किन ?
म मन्त्री नेपालको
छोराको दीक्षान्तमा विदेश गएकोमा बधाई किन ?
म मेरो देशको छहरालाई बिर्सेर
पैसा खर्च गर्न थाइल्याण्ड गएकोमा बधाई
एकैठाउँ दुई पटक शिलान्यास गरेकोमा पनि बधाई
तिम्रो गाउँमा भैंसी गोठ सार्ने
बाटो बनाउन बजेट पारेकोमा बधाई
आखिर मेरो काम के थियो ?

तिमीले तिम्रो पार्टी छाडेर मेरो पार्टीमा आएकोमा बधाई
मलाई जन्मदिन मनाउन टोकियो पुगेकोमा बधाई
एनिभर्सरी मनाएकोमा बधाई
मन्दिर गएकोमा बधाई
मोबाइल किनेकोमा बधाई
म सुत्दा नि बधाई
उठ्दा पनि बधाई
नियम मिच्दा पनि बधाई
गुँड बनाउँदा पनि बधाई
सडकमा ट्राफिक नियम मिच्दा पनि बधाई
मुद्दा दिंदा पनि बधाई
मुद्दा जित्दा पनि बधाई
ख्वामित मैले तिमीलाई के गरें र मलाई बधाई ?

काल्पनिक फिल्म हेर्दा पनि बधाई
फिल्म हेर्दाको फोटो राख्दा पनि बधाई
तिम्रो चाप्लुसी गर्दा पनि बधाई
बधाई धेरै बरबरायो एक्काइसौं शताब्दीको दासप्रथामा
हे गणतन्त्र !
बधाईको खेती नगर
अधिकार र जिम्मेवारीको कुरा गर ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?