+
+

निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष गुप्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १५:०१

२० कात्तिक, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।

निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?