+
+

श्रीलंकाका राष्ट्रपतिको आह्वान- प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सेवा क्षेत्र उदारीकरण गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते २०:३८

२० कात्तिक, कोलम्बो ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

राष्ट्रपति सिङ्घेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने बताए ।

विक्रमासिङ्घेले राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

राष्ट्रपतिले उनीहरूसँग स्वतन्त्र व्यापार वार्ता, अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दृष्टिकोण र नीतिगत प्राथमिकताहरूको संयोजनको महत्तवको बारेमा छलफल गरेका थिए ।

अन्तर्राष्ट्रिय व्यापार गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सहयोग पुर्‍याउन सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने उनले बताए ।

क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा पहुँच र निर्यातमुखी प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धिका लागि विश्व अर्थतन्त्रसँग पुनः सम्लग्नता आन्तरिक अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको एक तत्व भएको उनको भनाइ थियो । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?