+
+
Shares

ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १६:५१

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अध्यक्षसहितको मिलेमतोमा २० लाख ७५ हजार रुपैयाँ परिवारको सदस्य सञ्चालक रहेको समिललाई भुक्तानी दिनु भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।

अख्तियारले गाउँपालिकाका तत्कालिन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यवसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालिन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?