+
+

‘निर्वाचनका दिन बुकिङ छैन, आन्तरिक उडान हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १७:२४
फाइल तस्वीर

२९ कात्तिक, काठमाडौं । आम निर्वाचन हुने दिन ४ मंसिरमा न्यून बुकिङका कारण आन्तरिकतर्फ मुख्य गन्तव्यमा नियमित उडान नहुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्म उडान नै रोक्ने औपचारिक निर्णय भने भएको छैन । तर, निर्वाचन आयोगले सो दिन सार्वजनिक यातायात चलाउन रोक लगाएका कारण हवाई यात्रु समेत प्रभावित बन्ने भन्दै स्वतः बुकिङ हुँदैन । यसले आन्तरिक उडान सो दिन बन्द हुने प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले समेत ४ मंसिरका दिन बुकिङ नै नआएको जानकारी दिए । ‘बुकिङ खुला छ, तर, आएको छैन,’ उनले भने, ‘यस दिन मानिसले आफैं यात्राको योजना बनाउँदैनन् ।’

उनका अनुसार यस दिन काठमाडौंबाट लुक्लाका लागि भने उडान हुने छ । ‘यो रुटमा तारा एयरको फुल बुकिङ छ, उडान हुन्छ’ उनले भने । निर्वाचन आयोगले सार्वजनिक यातायात चल्न नपाउने र निजीको हकमा पास अनिवार्य गरेको छ । तर, अत्यावश्यक सेवा तथा सञ्चारकर्मीहरुले भने निर्वाह सवारी चलाउन सक्छन् ।

हेलिकप्टर, चार्टर्ड र अन्तर्राष्ट्रिय उडान प्रभावित नहुने

४ मंसिरका दिन हेलिकप्टर, चार्टर्ड र अन्तर्राष्ट्रिय उडानहरु भने प्रभावित नहुने भुलले जानकारी दिए । साविकमा समेत यस्तै व्यवस्था हुने गरेको थियो । अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट देखाएर विमानस्थलसम्म र विमानस्थलबाट आफ्नो गन्तव्यसम्म जान सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?