+
+

विश्वकपमा गोल गर्ने खेलाडीका कीर्तिमान र रमाइला तथ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १५:२६

काठमाडौं । फिफा विश्वकप फुटबल खेल्ने त्यसमा गोल गर्ने हरेक खेलाडीको लक्ष्य हुन्छ । सबैको त्यो चाहना पनि पूरा हुँदैन । विश्वकप फुटबलमा गोल गर्ने खेलाडीबारे भने केही रमाइला तथ्यहरु छन् ।

पहिलो गोल गर्ने लुसियन लरेन्ट

विश्वकपमा पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुसियन लरेन्ट हुन् । उनले सन् १९३० को पहिलो विश्वकपमा मेक्सिको विरुद्धको खेलमा विश्वकप इतिहासकै पहिलो गोल गरेका थिए ।

विश्वकपमा एक सयौैं गोल गर्ने खेलाडी एन्जेलो सिएभियो हुन् । इटलीका उनले १९३४ मा उक्त उपलब्धी हासिल गरेका थिए । यस्तै विश्वकपको पाँच सयौं गोल स्कटल्याण्डका बबी कोलिन्सले गरेका थिए भने एक हजारौं गोल नेदरल्याण्ड्सका रोब रेनसेनब्रिंकले १९७८ मा गरेका थिए ।

यस्तै विश्वकपको १५००औं गोल अर्जेन्टिनाका क्लाउडियफ कानिग्गियाले १९९४ मा गरेका थिए । स्वीडेनका मार्कुस अल्बाकले २००६ मा विश्वकपको दुई हजारौं गोल गरेका थिए । विश्वकपको २५००औं गोल गोल भने २०१८ मा ट्युनिसियाका फाख्रेडिने बेन युसुफले गरेका थिए ।

सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोज

विश्वकपकमा सर्वाधिक गोल गर्ने कीर्तिमा जर्मनीको मिरोस्ला क्लोजको नाममा छ । उनले पाँच पिश्वकप खेल्दै १६ गोल गरेका छन् । यस्तै ब्राजिलका रोनाल्डोले १५ गोल गरेका छन् । जर्मनीका गर्ड मुलले दुई पटक विश्वकप खेल्दै १४ गोल गरेका छन् ।

फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ को एकै संस्करणमा १३ गोल गरेका थिए । जुन अहिलेसम्म कसैले तोड्न सकेको छैन ।चार पटक विश्वकप खेल्दै तीन पटक उपाधि जितेका फुटबलका महान खेलाडी पेलेले १२ गोल गरेका छन् ।

अहिले कतारमा विश्वकप खेल्ने मध्ये जर्मनीका थोमस मुलरले सबैभन्दा धेरै १० गोल गरेका छन् ।

यस्तै क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजले समान ७ तथा लियाेनल मेस्सी, ह्यारी केन र नेमारले ६-६ गोल गरेका छन् । इंग्ल्याण्डका कप्तान ह्यारी केनले रुसमा २०१८ मा भएको विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

पहिलो ह्याट्रिक

फिफा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी अमेरिकाका बर्ट पाटेनउडे हुन् । सन् १९३० को विश्वकपमा उनले पाराग्वे विरुद्ध ह्याट्रिक गरेका थिए । उनले १९३० जुलाई १७ मा पाराग्वे विरुद्ध ३ गोल गरेका हुन् ।

पहिलो विश्वकपमा तीन ह्याट्रिक भएका थिए भने १९५४ को विश्वकपमा एकै संस्करणमा ८ ह्याट्रिक भएका थिए । हंगेरीका सान्डोरी कोसिस, फ्रान्सका जस्ट फोन्टेन र जर्मनीका गर्ड मुलरले एकै संस्करणमा दुई ह्याट्रिक गरेका थिए ।

कोसिसले १९५४, फोन्टेनले १९५८ र मुलरले १९७० मा दुई-दुई ह्याट्रिक गरेका हुन् ।

अर्जेन्टिनाका गाब्रिएल बाटिस्टुटा दुई फरक विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् । उनले सन् १९९४ मा ग्रीस र १९९८ मा जमैका विरुद्ध ह्याट्रिक गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?