
१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी थपेको छ । महानगरले निजी सेक्युरिटी कम्पनी मार्फत १ सय ६२ जना नगर प्रहरी थपेको हो । महानगरपालिकाले ८ भदौमा टेन्डर आह्वान गरेर युनिक सेक्युरिटी मार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको हो । निजी सेक्युरिटी कम्पनीहरु मार्फत पूर्वसेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भएको थियो ।
महानगरले थपेको १ सय ६२ जना नगर प्रहरीलाई मासिक २० हजार ५ सय ३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको हो ।
महानगरका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार सम्झौता भएर नयाँ नगर प्रहरी आउने क्रम जारी छ । वार्षिक १३ महिनाको तलब कम्पनीले दिने सम्झौता भएको छ भने नगर प्रहरीलाई आवश्यक पर्ने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म ७० जना भन्दा धेरै नगरप्रहरी आइसकेका छन् ।
प्रतिक्रिया 4