+
+

काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:००

५ मंसिर, काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । ३७५ मत पाएर उनले आफंनो अग्रतालाई कायमै राखेका हुन् ।

पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।

(नोट : यसअघिको समाचारमा उम्मेदवारहरुले पाएको मत फरक पर्न गएकोमा सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?