+
+

अर्जेन्टिनाको खेलअघि मेस्सीले भने : मेरो सपना पूरा गर्ने अन्तिम मौका हो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १२:४६

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह सी मा रहेको अर्जेन्टिनाले मंगलबार साउदी अरेबियासँग खेल्दैछ ।

२२ औं संस्करणको पहिलो खेलअघि कप्तान लिओनल मेस्सीले सम्भवत आफ्नो अन्तिम विश्वकपको लागि तयारी गर्दा आफू ‘ग्रेटेस्ट मोमेन्टमा’ रहेको बताएका छन् ।

३५ वर्षीय मेसीले अर्जेन्टिनाका लागि पाँचौं पटक विश्वकप खेल्दैछन् । जसको पहिलो खेल मंगलबार दिउँसो पौने ४ बजे लुसेल स्टेडियममा सुरु हुनेछ । सात पटकको बालोन डी’ओर विजेताले कहिल्यै विश्वकप जितेका छैनन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना सबैभन्दा नजिक पुगेको थियो । तर फाइनलमा जर्मनीसँग पराजित भयो ।

मेस्सीले भने, ‘यो सम्भवत मेरो अन्तिम विश्वकप हो, मेरो लागि ठूलो सपना पूरा गर्ने यो अन्तिम मौका हो ।’

पेरिस सेन्ट-जर्मेनका फरवार्डले क्लब सिजनको बीचमा विश्वकप खेलाइरहँदा पनि आफूले कुनै विशेष शारीरिक तयारी नगरेको र आफूलाई फिट र तयार महसुस भएको बताए ।

‘म शारीरिक रूपमा धेरै राम्रो महसुस गर्छु, मलाई लाग्छ कि म उत्कृष्ट क्षणमा छु, व्यक्तिगत र शारीरिक दुवै रूपमा र मलाई कुनै समस्या छैन’, मेस्सीले शनिबार आफ्नो टोलीका साथीहरूसँग छुट्टै हल्का प्रशिक्षण गरेका थिए ।

बार्सिलोना र पीएसजीसँग क्लब स्तरमा अनगिन्ती ट्रफीहरू जितेका मेसीले गत वर्ष मात्र आफ्नो अन्तर्राष्ट्रिय ट्रफीको खडेरी तोडेका थिए । अर्जेन्टिनाले ब्राजिललाई फाइनलमा हराएर कोपा अमेरिकाको उपाधि उचालेको थियो ।

‘यो सुन्दर कुरा हो कि अर्जेन्टिना बाहिरका धेरै मानिसहरूले हामी च्याम्पियन बनोस् भन्ने चाहन्छन् र यो धेरै जसो मेरो कारणले हो,’ मेस्सीले भने । ‘मेरो करियरमा मैले संसारभरि पाएको मायाको लागि म कृतज्ञ छु, र यहाँ कतारमा त्यसको यो अर्को उदाहरण हो ।’

विश्वकप अघि अर्जेन्टिना लगातार ३६ खेलसम्म अपराजित छ र साउदीसँग खेल्दा इटलीको नाममा रहेको ३७ खेलको अपराजित कीर्तिमानमा पनि अर्जेन्टिनाको नजर हुनेछ ।

१८औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्ने लक्ष्यमा छ । छैटौं पटक विश्वकपमा पुगेको साउदी पनि नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

अर्जेन्टिना र साउदी अरेबियाबीच हालसम्म जम्मा चार खेल हुँदा अर्जेन्टिना अपराजित छ । चारमध्ये अर्जेन्टिनाले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको थियो ।

समूह सी मा रहेको अर्जेन्टिनाले साउदीपछि मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

मेक्सिको र पोल्याण्डबीच मंगलबार राति पौने १० बजे खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?