+
+

विश्वकप फुटबल : साविक विजेता फ्रान्सको शानदार सुरुवात, अष्ट्रेलिया ४-१ ले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ९:०१

काठमाडौं । ओलिभर जिरुडको दुई गोल मद्दतमा साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

फ्रान्सका एड्रिएन र्‍याविओट र किलिएन एमबाप्पेले एक-एक गोल गरे । मुख्य खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएपछि घाइते बाघ जस्तो बनेको फ्रान्सले पहिलो खेलमै सुखद् नतिजासहित उपाधि रक्षा अभियान बलियो गरी थालेको छ ।

सन् २०१८ मा विश्वकप जित्दाका सदस्य पउल पोग्बा र एनगोलो कान्टो विश्वकपअघि नै घाइते हुँदै बाहिरिएका थिए भने फरवार्ड करिम बेन्जेमा विश्वकप टिममा समावेश भएपछि घाइते हुँदै बाहिरिएका थिए । यस्तै प्रेसनेल किमबेम्पे र क्रिस्टोफर एनकुन्नु पनि टिममा समावेश भएपछि बाहिरिएका थिए ।

तर मैदानमा भने यी खेलाडी बिनै फ्रान्स चम्कियो ।

पोग्बा र कान्टे जस्ता खेलाडी नहुँदा एड्रिएन र्‍याविओट र औरेलियन चुवामेनीले फ्रान्सको मिडफिल्ड सम्हालेका थिए । डिडियर सेसच्याम्पसले चार फरवार्ड किलिएन एमबाप्पे, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन र उसमान डेम्बेलेलाई पहिलो रोजाइमा खेलाएका थिए ।

अल जानोब स्टेडियममा खेलको नवौं मिनेटमै क्रेग गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर फ्रान्स चाँडै खेलमा फर्कियो । २७ औं मिनेटमा थियो हर्नान्डेजको पसामा राविओटल् फ्रान्सका लागि बराबरी गोल फर्काए ।

३२ औं मिनेटमा जिरुडले राविओटकै पासमा गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । दोस्रो हाफमा फ्रान्सले दुई गोल थप्यो । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता ३-१ बनाए । ७१औं मिनेटमा जिरुडले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । यस गोलपछि जिरुडले फ्रकान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

जिरुडले हेनरी भन्दा ८ खेल कम खेल्दै उक्त उपलब्धि हासिल गरेका हुन् । सन् २०११ मा डेब्यु गरेका जिरुडले फ्रान्सका लागि ११५ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?