+
+
विश्वकप फुटबल :

जर्मनीमाथि जापानको शानदार पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २०:५७

७ मंसिर,  काठमाडौं । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अप्रत्यासित नतिजा ल्याउने क्रममा जापानले चार पटकको च्याम्पियन जर्मनीलाई २-१ ले हराएको छ ।

खालिफा इन्टरनेशनल मैदानमा भएको समूह इ को खेलमा एसियाली राष्ट्र जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जर्मनीमाथि शानदार जित निकालेको हो । जापानले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै ३ अंक जोडेको हो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रित्सु दोअन र ताकुमा असानोले जापानको लागि गोल गरे । जापान र जर्मनी विश्वकपमा पहिलो पटक भिड्दा नै जापानले जित हात पारेको हो । यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा भने जर्मनी जापानसँग अपराजित थियो । खे

लको ३३औं मिनेटमा एल्काए गुन्डागोनको पेनाल्टी गोलमा जर्मनीले पहिले अग्रता लिएको थियो । पहिलो हाफकै इन्जुरी टाइममा काइ हाभार्टले गरेको गोल भिएआरले अफसाइड दियो । पहिलो हाफमा अग्रता बनाएको जर्मनीले त्यसलाई कायम राख्न सकेन भने जापानले उत्कृष्ट पुनारगमन गर्‍यो ।

७१औं मिनेटमा मैदान प्रवेश गरेका दोअनले ७५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि ८३औं मिनेटमा असानोले को इटाकुराको पासमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाए । असानो ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

विश्वकपको सुरुवाती दुई खेलमा आयोजक कतार र इरान पराजित भए पनि त्यसयता एसियन राष्ट्रले उपाधि दाबेदार ठूला टिमलाई स्तब्ध पारेका छन् । मंगलबार मात्रै साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो ।

एक दिन पछि नै जापानले जर्मनीमाथि अप्रत्याशित नतिजा निकाल्यो । अर्को पूर्व विजेता स्पेन र कोस्टारिका समेत रहेको यो समूह रोमाञ्चक बनेको छ । स्पेन र कोस्टारिकाबीच आजै (बुधबार) राती पौने १० बजे खेल हुँदैछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?