+
+

स्याङ्जाबाट प्रदेशसभामा एमालेका सुधीरकुमार पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १४:३८

९ मंसिर, स्याङ्जा । स्याङ्जाको-१ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधीरकुमार पौडेल निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट काँंग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’लाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार पौडेलले १७ हजार ४४१ मत प्राप्त गर्दै ६ झिनो मतान्तरले निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । एमालेको किल्लाका रुपमा परिचित क्षेत्रमा पौडेलको विजयले एमालेमा थप उर्जा थपेको छ भने काँग्रेस निराश भएको छ ।

राना काँग्रेस र पौडेल एमाले स्याङ्जाको एकै समयका जिल्ला सचिव हुन् । सचिव पदमै रहँदा पौडेल आँधीखोला गाउँपालिका अध्यक्ष भए भने राना कार्यबहाक सभापति बन्न पुगे ।

बौद्धिक नेताको छवि बनाएका काँग्रेसका राना र एमालेभित्र कुशल संगठकको छवि निर्माण गरेका पौडेलबीचको चुनावी भिडन्त रोचक थियो । कडा प्रतिस्पर्धाबीच अन्त्यमा पौडेलले बाजी मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?