+
+

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चौधरी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १३:५२

१० मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् ।

नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् ।

एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याएका छन् ।

रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?