+
+

महोत्तरीबाट निर्वाचित १२ मध्ये ३ जनामात्र नयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १८:१८

११ मंसिर, जनकपुरधाम। महोत्तरीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका १२ जनामध्ये ९ जना पुरानै दोहोरिएका छन् । ४ निर्वाचन क्षेत्र रहेको महोत्तरीबाट प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ८ जना निर्वाचित भएका छन् ।

जसमध्ये महोत्तरी-१ र ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य र महोत्तरी-४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य मात्र नयाँ हुन् । प्रतिनिधिसभामा निर्वाचित २ जना र प्रदेशसभामा निर्वाचित ७ जना पुरानै हुन् ।

महोत्तरी-१ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो नयाँ हुन् । २०७४ सालमा यो क्षेत्रबाट माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए । तर महतोले २०७४ मा पोखरेलसँग भोगेको पराजयको बदला लिइन् ।

महोत्तरी-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका महेन्द्रकुमार राय नयाँ अनुहार हुन् । उनले २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित जसपाका डा.सुरेन्द्रकुमार यादवलाई पराजित गरेका हुन् ।

महोत्तरीबाट चुनाव जित्ने नयाँ नेतामा महोत्तरी-४ (१) बाट प्रदेशसभामा निर्वाचित भएका एमालेका सरोजकुमार यादव हुन् । यसअघि सो क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरमका कौशलकुमार यादव निर्वाचित भएका थिए । जसपाले निष्कासन गरेपछि कौशल लोसपाबाट चुनावमा उठेका थिए । उनले सरोजसँग १८ सय ५९ मतान्तरले हार व्यहोरे ।

महोत्तरी-१ (१) मा निर्वाचित एमालेकी शारदा थापा र (२) मा निर्वाचित माओवादी केन्द्रका भरतप्रसाद साह निर्वाचित भएका छन् । दुबैजना २०७४ मा सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

महोत्तरी-२ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी फेरि निर्वाचित भएका छन् । महोत्तरी-२ (१) मा लोसपाकै जयलुन राइन र (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह निर्वाचित भएकी छन् । २०७४ को चुनावमा शरदसिंह, जयलुन र सुरिता तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । तर यसपटक सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि सुरिताले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले कांग्रेसबाट उम्मेदवार रहेका जिल्ला सभापति नागेश्वर यादवलाई १ हजार ७६६ मतान्तरले पराजित गरेकी हुन् ।

महोत्तरी-३ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर दोहरिएका छन् भने प्रदेश (१) मा लोसपाकै अभिराम शर्मा र (२) मा रानी शर्मा तिवारीले जित हात पारेका छन् । २०७४ मा पनि यी तिनै जनाले राजपाबाट चुनाव जितेका थिए ।

महोत्तरी-४(२) बाट प्रदेशसभामा जसपाका सरोजसिंह कुशवाह फेरि निर्वाचित भएका छन् । उनले २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरमबाट चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?