+
+

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:०२

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो ।

कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ओपनर लक्की कठायत ५१ रनमा अविजित रहे । उनले ९२ बलमा ८ चौका प्रहार गरे ।

बलिङमा कर्णालीका लागि अनुज चौहान, युनिस सिंह र आभास शाहीले समान १–१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि ओपनर ब्याटर विपिन रावलले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ९२ बल खेल्दै ९ चौका प्रहार गरे । अर्का ओपनर मनिष थापाले ३५ बलमा ४ चौकाको मद्धतमा २५ रन बनाए । अनिरोध कुँवरले ११ रन बनाए ।

बागमतीका लागि सक्रिय कार्कीले सर्वाधिक पाँच विकेट लिए । अहमद राजाले ३ विकेट लिए भने, ओमकार यादव र अभिषेक कोइरालाले समान १–१ विकेट लिए ।

बागमती चार खेलमा चार जित सहित अंक तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली समान चार खेलमा १ जित र ३ हारसहित पाँचौं स्थानमा छ ।

राउण्ड रोबिन अन्तर्गत भएको प्रतियोगितामा अंक तालिकाका शीर्ष २ टिमले फाइनल खेल्नेछन् । फाइनल मंसिर १९ गते हुनेछ ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?