
१६ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टू अन्तर्गत स्कटल्याण्डसहितकाे त्रिकाेणात्मक शृंखलामा नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् ।
जारी प्रतियोगिताको नेपालका लागि पहिलो खेलमा ज्ञानेन्द्र मल्लले ६० बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन् । उनको करिअरमा एकदिवसीय प्रतियोगिताको यो छैठौं अर्धशतक हो ।
नेपालका ओपनर अर्जुन साउद ४२ बलमा १८ रन जोड्दै बर्नार्ल्ड स्कोल्ज्डको बलमा बोल्ड भएपछि तेस्रो क्रमका ब्याटरका रुपमा ज्ञानेन्द्र क्रिजमा आएका थिए ।
उनले ओपनर आसिफ शेखसँग ३२ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि नेपालका ओपनर आसिफ शेखले ४६ बल खेल्दै २० रनमा क्याच आउट भए । तेस्रो विकेट भने कप्तान रोहित पौडेल १० रनमा ज्ञानेन्द्रसँगको असमझदारीमा रनआउट हुन पुगेका थिए ।
ज्ञानेन्द्र भने हाल ७६ बल खेल्दै ५७ रनमा अविजित खेल्दैछन् । ज्ञानेन्द्रले सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।
२०२१ सेप्टेम्बर १९ मा ओमानसँगको खेलमा अविजित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले पछिल्लो पटक मंसिर २ गते त्रीवी मैदानमा युएईसँगको द्धिपक्षीय सिरिजमा अर्धशतकीय पारी खेलेका थिए ।
२२ एकदिवशीय अन्तर्राष्ट्रियमा ५ अर्धशतकसहित ज्ञानेन्द्रले ५ सय भन्दा बढी रन बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4