+

मोतीबिन्दुको उपचार कसरी गरिन्छ, कति लाग्छ खर्च ?

२०७९ मंसिर  १८ गते १८:४३ २०७९ मंसिर १८ गते १८:४३
मोतीबिन्दुको उपचार कसरी गरिन्छ, कति लाग्छ खर्च ?

काठमाडौं । नेपालमा मात्र होइन, अन्य विकासोन्मुख देशमा अन्धोपनको प्रमुख कारक मोतीबिन्दु हो । अहिले मान्छेको सरदर आयु बढेको छ । तर जीवनशैली पनि परिवर्तन भएर मधुमेह, उच्च रक्तचापको समस्या बढेको छ, जसले मोतीबिन्दु हुनेहरूको संख्या बढेको छ ।

आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा कलर परिवर्तन हुँदै आयो, अथवा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ । उमेर बढेसँगै शरीरका हरेक सेल्स परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुने नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्का बताउँछन् ।

कुन उमेरमा बढी हुन्छ मोतीबिन्दु ?

प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो समस्या देखिने गर्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेर अनुसारको मोतीबिन्दु भनिन्छ । मधुमेह तथा हाइपरटेन्सन जस्ता रोगका कारण पनि मोतीबिन्दु हुनसक्ने डा. खड्का बताउँछन् ।

‘कहिलेकाहीं दुर्घटना भएर आँखामा चोट लाग्दा, जन्मजात नै मोतीबिन्दु, स्टेरोइडको बढी प्रयोगका कारण र आँखाको अन्य शल्यक्रिया गर्दा पनि यो समस्या देखा पर्छ । तर ८० प्रतिशतभन्दा बढी मोतीबिन्दुको समस्या उमेर ढल्किएपछि नै हुन्छ,’ उनी भन्छन् ।

मोतीबिन्दु भएमा के हुन्छ ?

डा. खड्का भन्छन्, ‘मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । यसको समयमा उपचार गरिएन भने पछि जलबिन्दु समेत हुन्छ ।’ मोतीबिन्दु भएपछि बिस्तारै आँखाको दृष्टि कम हुँदै पूरै दृष्टि नै गुम्ने भय पनि हुने उनी बताउँछन् । यसको समयमा उपचार नगरे जटिल समस्या आउन सक्छ ।

के छ उपचार ?

मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार पनि शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रियापछि यो पूर्णतः निको हुन्छ ।

यसको उपचार समयमा गरियो भने ९९ प्रतिशत निको हुने डा. खड्का बताउँछन् । ‘यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने हो । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ,’ उनी भन्छन् ।

‘यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो,’ डा. खड्का भन्छन्, ‘सानो झिल्लीबाट यो लेन्स राखिन्छ । यदि त्यो झिल्ली फुट्यो भने लेन्स राख्न सकिंदैन । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्दा त्यति जटिल हुँदैन ।’

शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ ?

मोतीबिन्दुको शल्यक्रिया पहिले ठूलो घाउ बनाएर ७ देखि ११ वटासम्म टाँका लगाएर तीन-चार दिनसम्म अस्पतालमा राखेर गर्ने गरिन्थ्यो । तर पछिल्लो समय मोतीबिन्दु शल्यक्रियाको लागि नयाँ प्रविधि भित्रिएको डा. खड्का बताउँछन् ।

‘अहिले एकदमै सानो घाउ २.३ मिलिमिटरको घाउ बनाएर त्यहाँबाट लेन्स निकालेर कृत्रिम लेन्सलाई पट्याएर राखिन्छ । त्यो लेन्सभित्र गएपछि आफैं त्यसले आफ्नो साइज लिन्छ,’ उनी भन्छन् ।

मोतीबिन्दुको शल्यक्रिया गरेकै दिन बिरामीलाई डिस्चार्ज गरिन्छ । शल्यक्रिया सकिएपछि आधा घण्टा मात्र बेडमा रेस्ट गराएर बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

शल्यक्रियाका लागि कति लाग्छ खर्च लाग्छ ?

शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गरियो भने न्यूनतम खर्च १२ हजार ५०० रुपैयाँ लाग्छ । कसैले आफ्नो रुचिअनुसार अमेरिकी, जर्मन लगायतका देशमा बनेको लेन्स राख्छु भन्यो भने लेन्सको शुल्क महँगो परेर ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्छ । मोतीबिन्दुको शल्यक्रिया गर्न ३० मिनेट भन्दा कम समय लाग्छ । अनुभवी डाक्टरसँग शल्यक्रिया गर्ने हो भने १० मिनेटमा नै यो शल्यक्रिया हुने उनी बताउँछन् ।

डा. कमलबहादुर खड्का मोतीबिन्दु
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा.रिजालले दिए राजीनामा

के-के हुन्छ शरीरमा, जब हामीलाई झनक्क रिस उठ्छ ?

के-के हुन्छ शरीरमा, जब हामीलाई झनक्क रिस उठ्छ ?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा मेरो उम्मेदवारी किन ?

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?