+
+

इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरण : युवक हिरासतमा, बुबाआमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १५:११

२० मंसिर, काठमाडौं । धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय सुधन संग्रौला चाहिं हिरासतमै छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।

प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो ।

जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’

सुधन र पुष्पाबीच १८ भदौमा विवाह गर्नका लागि बुद्धनगरमा इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र विवाह गर्ने सहमति भएपनि शनिबार मात्रै केटा पक्षले घरमा पुगेर जनै सुपारी र दक्षिणा फिर्ता गर्दै इन्गेजमेन्ट तोडिएको घोषणा गरेको थियो । त्यसको भोलिपल्ट न्यौपानेले सुधनको घर अगाडि गएर आफनो शरीरमा आगो लगाएकी थिइन् ।

प्रहरीले उनलाई उद्दार गरेर अस्पताल लगे पनि सोमबार कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको मृत्यु भयो । पुष्पाको परिवारले जलुञ्जेलसम्म पनि उद्दार नगरेको भन्दै युवक र उनको परिवारका अरु सदस्यविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ ।

प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?