+
+
Shares

एमालेले बागमतीमा छान्यो समानुपातिकका १४ सांसद, गोरखाका दिनेशचन्द्र पनि परे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १७:०८

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन् । यो सूचीमा गोरखाका डा. दिनेशचन्द्र देवकोटा पनि रहेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

भारती पाठक, मकवानपुर
अप्सरा चापागाईँ घिमिरे, ललितपुर
मायाकुमारी कार्की, रामेछाप

खसआर्य पुरुष

डा. दिनेशचन्द्र देवकोटा, गोरखा
हरिप्रसाद सापकोटा, चितवन

आदिवासी जनजाति महिला

विन्दु श्रेष्ठ, काठमाडौं
माइली तामाङ, सिन्धुपाल्चोक
सुकमाया तामाङ, सिन्धुली
सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर
उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

आनन्दकुमार श्रेष्ठ, रामेछाप
ज्ञानबहादुर तामाङ, काठमाडौं
ठूला थामी, दोलखा (अल्पसंख्यक)

दलित

बालकुमारी विश्वकर्मा, चितवन

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?