+
+

विश्वकपको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते ८:२५

२५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो ।

अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ।

क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो ।

यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ ।

जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराएको थियो ।

पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले इंग्ल्याण्डलाई २-१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । चार वर्षअघि रुसमा फ्रान्सले क्रोएसियालाई हराएर उपाधि जितेको थियो ।

यस्तै क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दा अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो ।

पछिल्ला दुई विश्वकपमा पराजित भएका टिमहरू यसपटक सेमिफाइनलमै भिड्नेछन् र एक मात्र फाइनल पुग्नेछन् ।

सेमिफाइनल खेल

क्रोएसिया भर्सेस अर्जेन्टिना : मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे

मोरक्को भर्सेस  फ्रान्स मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?