+
+

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १२:५७

काठमाडौं । बलिउड अभिनेत्री दिशा पटानी हिजोआज कामभन्दा व्यक्तिगत जीवनले चर्चामा छिन् । यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबरले बलिउड तातेको छ ।

केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् ।

तर यतिबेला यो डेटिङको रहस्य खुलेको छ । हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे खुलेर कुरा गरेका छन् । मान्छेले आफ्नो निजी जीवनबारे जान्न चाहेको कुरालाई लिएर आनन्द महसुस गरेको बताउँछन् ।

पूर्वप्रेमी अभिनेता टाइगर श्राफसँग ब्रेकअपपछि दिशा र अलेक्जेन्डरको रोमान्स हेडलाइन बन्न थालेको थियो । यी दुई सामाजिक सञ्जालको पोस्ट पनि एकअर्कालाई ट्याग गर्छन् ।

उक्त अन्तर्वार्तामा अलेक्जेन्डरले आफू साइबेरियाको बासिन्दा भएको र सात वर्षदेखि भारतमा बसिरहेको बताएका छन् । दिशाले बलिउडमा कदम चलाउँदै गर्दा दुईबीच मुम्बईमा भेट भएको थियो ।

सन् २०१५ देखि नै आफूहरुबीचको मित्रता गहिरो बन्दै गएको कुरा अलेक्जेन्डरले उल्लेख गरेका छन् । कैयौं समय सँगै बिताएको र घरमै डिनर-लञ्च लिने गरेको उनले बताएका छन् ।

अलेक्जेन्डरले दिशासँगको लिंकअपबारे भने, ‘केही सातादेखि मानिसहरुले हाम्रो व्यक्तिगत जीवनबारे कसरी चासो लिइरहेका छन् भन्ने मैले देखिरहेको छु । हाम्रो जीवनमा हस्तक्षेप गरेर उनीहरुले के चाहन्छन् भन्ने मैले बुझेको छैन । किन मानिसले हामीलाई शान्तिपूर्वक बस्न दिंदैनन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?