+
+

नेपालका मल्टिप्लेक्समा ‘अवतार २’को अग्रिम टिकट बिक्री आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १२:०६

काठमाडौं । १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ ।

सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार : द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । यसको अर्थ प्रदर्शन हुन पाँच दिन बाँकी रहँदा पहिलो सप्ताहन्तमा टिकट अझै बिक्री हुने देखिन्छ ।

हलले बुकिङ नभएर अग्रिम टिकट बिक्री खुलाएका हुन् । अंग्रेजी फिल्मले बढी कमाउने क्यूएफएक्सका प्रमुख मल्टिप्लेक्स हलमा आजभित्रै टिकट सोल्डआउट हुने ट्रेन्ड देखिएको छ ।

क्यूएफएक्सले थ्रीडीतर्फ ४७ शो र टुडीतर्फ १३ गरेर कुल ६० शो दिएको छ । फिल्मको लम्बाइ नै ३ घण्टा १० मिनेट भएकाले शो संख्यामा कमी देखिनु स्वाभाविक हो । यो फिल्मले हलको साढे तीन घण्टा समय होल्ड गर्ने भएको छ ।

‘अवतार २’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रसभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएमा फिल्मको सप्ताहन्त ओपनिङ तीन करोड पार गर्ने प्रारम्भिक मूल्यांकन छ । नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

दक्षिण कोरियाको सियोलमा ‘अवतार २’ को प्रिमियर

अवतार’सँग जोडिएका रोचक नेपाली तथ्य

‘अवतार’ १७ डिसेम्बर २००९ मा नेपालमा रिलिज भएको थियो । त्यतिबेला अंग्रेजी फिल्म प्रदर्शन हुने जयनेपाल र कुमारी हल मात्र थिए । ‘अवतार’ रिलिजपछि मात्र बिग मुभिज र सिभिल मलका हल बनेका हुन् । त्यसपछि अन्य मल्टिप्लेक्स खुल्न थाले । मल्टिप्लेक्स निर्माण र कल्चरको ट्रेन्ड यही बिन्दुबाट नेपालमा सुरु भयो ।

‘अवतार’ नेपालमा रिलिज हुने पहिलो थ्रीडी डायमेन्सनको फिल्म हो । तत्कालीन कुमारी हलमा दर्शकले यसलाई थ्रीडी चश्मा लगाएर हेरेका थिए । यसपछि विश्व फिल्ममा थ्रीडी फिल्मको बाढी नै आयो ।

‘अवतार’ रिलिजपछि नेपाली फिल्म हल प्राविधिक रुपमा स्तरोन्नति भए । मल्टिप्लेक्स कल्चरको स्वाद बस्न थालेसँगै र थ्रीडी प्रविधि जडान गर्नुपर्ने बाध्यताले हललाई प्राविधिक पक्षमा स्तरोन्नति हुन दबाब थियो ।

दक्षिण कोरियाको सियोलमा ‘अवतार २’ को प्रिमियर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?