+
+

संखुवासभामा हत्या गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १२:२२

२८ मंसिर, संखुवासभा। प्रहरीले खादबारी नगरपालिका-९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खादबारी नगरपालिका-९ बस्ने ३६ वर्षीय देवेन्द्र कुमाल रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?