
२८ मंसिर, काठमाडौं । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ भएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कणर्ाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरे ।
पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारणसाधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्ष अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही छन् ।
साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछि परेको बताए ।
कणर्ालीमा प्रचुर मात्रामा रहेको जडिबुटी, पिउने पानीलाई प्रसोधन गरि अन्तराष्ट्रिय बजारमा पुर्याउन सके कणर्ालीको छिटो विकास हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4