+
+
Shares

संसदीय दलको नेतामा देउवाले अरु कसैलाई प्रस्ताव गर्नु उचित हुन्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १२:५९

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलमा उम्मेदवारी दिनु उचित नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देउवा आफैंले अर्को कुनै नेतालाई प्रस्ताव गर्न उपयुक्त हुने सुझाव दिएका हुन् ।

‘यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एक पटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ’ उनले भने, ‘यदि उहाँले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा. शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, बिपीको छोरालाई दिन्छु भनेर डा. शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सार्नुभयो भने उहाँले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउनेछन् ।’

देउवाले प्रधानमन्त्री भएर धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री हुने चाहना राखेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको महामन्त्री शर्माले बताए । संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्ताव गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने पनि उनले बताए ।

‘५ पटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रस्तावकको रुपमा हेर्न पाइनेछ’ शर्माले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?