+
+

पढ्नका लागि विदेश जान ५ महिनामा साढे ३८ हजारले लिए एनओसी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:०८

५ पुस, काठामाडौं । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका छन् ।

शाखाको तथ्यांक अनुसार सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख बासुदेव वस्तीले अहिले औषतमा दैनिक तीन सय विद्यार्थीले एनओसीका लागि आवेदन दिईरहेका छन् ।

शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ ।

शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ ।

शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?