+
+

नेपाल टी-२० लिग सुरु,  उदघाटन खेलमा काठमाडौं नाइट्सविरुद्ध पोखरा एभेन्जर्स बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ९ गते १०:१७

९ पुस, काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ ।

पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् ।

प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् । उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए ।

प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमश: १० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले उक लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलकाे प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?