+
+

बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ८:०९

१३ पुस, काठमाडौं । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो ।

त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै  अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म आइपुगेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?