+
+

धान उत्पादन साढे ३ लाख मेट्रिक टनले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १७:२२
फाइल तस्वीर

१४ पुस, काठमाडौं । गतवर्ष भन्दा यो वर्ष भन्दा धान उत्पादनमा वृद्धि भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे तीन लाख मेट्रिकटनले धान उत्पादन बढेको हो ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन हुने देखिएको छ । जुन गत वर्ष भन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिकटनले धेरै हो ।

आर्थिक वर्ष (आव) २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गतवर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष भन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति धान उत्पादन

मन्त्रालयकाअनुसार प्रदेश एकमा १३ लाख ३६ हजार ५७ मेट्रिकटन, मधेश प्रदेशमा १३ लाख ८८ हजार ८४१ मेट्रिकटन र बागमती प्रदेशमा ५ लाख ४४६ मेट्रिकटन धान उत्पादनको भएको छ ।

गण्डकी प्रदेशमा तीन लाख ९१ हजार १२१ मेट्रिकटन, लुम्बिनीमा ११ लाख ५१ हजार ३१३ मेट्रिकटन, कर्णालीमा एक लाख २९ हजार ४७३ र सुदूरपश्चिम प्रदेशमा ५ लाख ८९ हजार २२१ मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रारम्भिक अनुमान अनुसार प्रदेशगत रुपमा गत आर्थिक वर्षको तुलनामा सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिव ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा धानबालीमा क्षति भई उत्पादनमा कमी आएको मन्त्रालयको दाबी छ ।

सुदूरपश्चिम प्रदेशका अलावा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश एकमा ५.७२ प्रतिशत र कर्णालीमा ३.४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमश १.४५ र ३.७४ प्रतिशत उत्पादनमा कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?