+
+

रियाद पुगे रोनाल्डो, खुलाए साउदी क्लबमा आबद्ध हुनुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते ९:२६

२० पुस, काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल नासर क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् ।

मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल नासर क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।

उनले साउदी अरबको फुटबल क्लब अल नासरसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल नासर क्लबमा रहनेछन् ।

पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’

आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने, ‘म अनौठो छु, यहाँ आउँदा राम्रो भएको छ । मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’

अल नासरले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए ।

साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । उनले भने, ‘किनकि म साउदी फुटबललाई योगदान गर्न चाहन्थें ।’

रोनाल्डोलाई रियादमा अल नासर क्लबका अध्यक्ष मुसली अल मुआम्मरले स्वागत गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?