+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
26/0 (3.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रभु र सेञ्चुरी बैंकको सेवा मंगलबार बिहानसम्म बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १५:३४

२२ पुस, काठमाडौं। सेञ्चुरी बैंकलाई प्राप्ति गरी २६ पुसदेखि एकीकृत कारोबार सुरु गर्न लागेको प्रभु बैंकको सेवा शुक्रबार राति १० बजेटदेखि ४ दिनका लागि अवरुद्ध हुने भएको छ ।

शुक्रबार राति १० बजेदेखी २६ गते मंगलबार बिहान ९.४५ सम्म कोर बैंकिङ सिस्टममा आवश्यक डाटा माइग्रेसनका लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु साथै एटीएम, इनटरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा समेत बन्द हुने बैंकले जनाएको छ । तर, २६ पुस बिहान ९ः४५ बजे पछि सम्पूर्ण बैंकिङ सेवा यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

प्रभु बैंकमा गाभिने लागेको सेञ्चुरी बैंकको पनि सेवा अवरुद्ध हुने जनाएको छ । बैंकको सेवा पनि शुक्रबार राति १० बजेदेखि २६ पुस बिहान ९.४५ सम्म अवरुद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?