+
+
Shares

प्रभु बैंकलाई ‘युरोमनी एक्सिलेन्स अवार्ड २०२५’ प्रदान

यो सम्मान सिंगापुरमा आयोजित एक भव्य समारोहबीच अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रदान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १५:३६

१८ भदौ, काठमाडौं । प्रभु बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट डिजिटल बैंक फर एसएमई’ विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘युरोमनी एक्सिलेन्स अवार्ड २०२५’ प्रदान गरिएको छ ।

यो सम्मान सिंगापुरमा आयोजित एक भव्य समारोहबीच अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रदान गरेको हो ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप तीन महिला अधिकृतले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए ।

युरोमनी एक्सिलेन्स अवार्डले साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको महत्त्वपूर्ण भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।

बैंकले नवीन प्रविधि प्रयोग गर्दै देशभरिका लघु तथा मझौला व्यवसायीलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पछिल्ला केही वर्षहरूमा प्रभु बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यावसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवाजस्ता अत्याधुनिक सेवामार्फत एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ ।

यी सेवाले साना तथा मझौला व्यवसायीलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्‍याएको बैंकले जनाएको छ ।

बैंकको रणनीतिको केन्द्रबिन्दुमा एसएमईलाई प्राथमिकतामा राखिएको छ । ग्राहक आवश्यकता अनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा बैंकले निरन्तर नवप्रवर्तन गर्दै आएको छ । यसै प्रतिबद्धता र कार्यसम्पादनले बैंकलाई अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर मिलेको हो ।

पुरस्कार प्राप्त गरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताए ।

डिजिटल वित्तीय पहुँच मार्फत साना व्यवसायीलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजनासाथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीलाई प्रेरित गर्ने हौसला प्रदान गरेको शेरचनले उल्लेख गरे ।

बैंक यसअघि ‘बैंक अफ द इयर २०२३’ बाट पनि सम्मानित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?