+
+

खेलाडी सन्तोषी श्रेष्ठ सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १७:५४

२३ पुस, काठमाडौं । कखरा प्रि स्कूलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । कखराका प्रबन्ध संचालक उमानाथ निरौला र प्रिन्सिपल निशा घिमिरेले सन्तोषीलाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

सम्मानित सन्तोषीले कखराद्वारा आयोजित खेलकुद प्रतियोगितहरुमा सहभागी बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, ईमान र प्रसिद्धिले कलिला बालबालिकाहरुलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् ।

कखराका प्रबन्ध संचालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुची र प्रतिभा ७ वर्ष उमेर पूरा हुनु अघिनै विकसित हुने भएकाले कखराले बालबालिकाको रुची र प्रतिभा समयमै पहिचान गरी सोही अनुसार खेलकुद क्रियाकलापहरुमा सहभागी गराउने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?