+
+

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन : प्रेम सुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:२५

२५ पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउन नहुने बताएका हुन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताएका हुन् ।

उनले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताए। उनले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागवण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताए । उनले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हित नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताए ।

‘हरेक निर्वाचन क्षेत्रबाट दुई-दुई सय युवा वैदेशिक रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो । यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो ।’ उनले भने, ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थलको प्रस्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हित नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन् ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हित विपरीत रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाए । उनले भने, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रोहबर छाप बनाउनु हुँदैन। सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होला र ? सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?