+
+

कर्जाको औसत ब्याजदर थप बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १३:५७

२९ पुस, काठमाडौं । निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको जनाएको छ । २०७९ कात्तिकमा १२.६५ प्रतिशत रहको कर्जाको भारित औसत मंसिरमा थप बढेको हो ।

२०७९ मंसिरमा कर्जाको भारित औसत ब्याजदर आर्थिक वर्ष ०६९/७० को असोज मसान्तपछिकै उच्च हो । २०६९ पुसमा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत र असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७८ मंसिर मसान्तमा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत थियो । निक्षेपको भारित अ‍ौसत ब्याजदर सँगै बेस रे्ट पनि बढ्दै जाँदा कर्जाको ब्याजदर पनि बढ्दै गएको छ । २०७८ मंसिरमा निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेकोमा २०७९ मंसिरमा ८.४६ प्रतिशत पुगेको छ । यस्तै आधार दर (बेस रेट) ८.२५ प्रतिशतबाट बढेर १०.६९ प्रतिशत पुगेको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२ प्रतिशतको लक्ष्य लिएको थियो । आर्थिक वर्षको ५ महिना सकिंदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १.६ प्रतिशतले मात्रै विस्तार भएको छ । २०७९ असार मसान्तको तुलनामा मंसिर मसान्तमा आउँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७३ अर्ब ३० करोडले विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

जबकी गत आर्थिक वर्षको अवधिमा कर्जा ४ खर्ब २३ अर्ब १३ करोड अर्थात १०.४ प्रतिशतले विस्तार भएको छ । वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्षको ५ महिनामा निक्षेप भने २.२ प्रतिशतले वृद्धि भएको छ । असार २०७९ को तुलनामा मंसिर २०७९ मा आउँदा निक्षेप १ खर्ब ११ अर्ब १५ करोडले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप १.७ प्रतिशत अर्थात ७८ अर्ब ४४ करोडले मौत्त वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?