+
+

‘जेरी २’मा आनाले अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ११:५७

काठमाडौं । फिल्म ‘जेरी २’का प्रमुख कलाकारको समीकरण पूरा भएको छ । मंगलबार बेलुका आना शर्मा फिमेल लिडमा अनुबन्धित भएकी छन् । निर्माण कम्पनी र अभिनेत्री शर्माबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिंजापति तय भएकी थिइन् । प्रमुख अभिनेतामा अनमोल केसी पनि फाइनल छन् ।

निर्माता सरोज न्यौपानेले आनालाई औपचारिक रुपमा दोस्रो श्रृंखलामा निरन्तरता दिइएको बताए । सन् २०१४ को फिल्म ‘जेरी’मा आना र अनमोलले अनस्क्रिन रोमान्स गरेका थिए । सो फिल्म आनाको डेब्यु फिल्म समेत थियो । दोस्रो श्रृंखलामा आना र पूर्णिकाको समानान्तर भूमिका हुनेछ ।

हेमराज बीसीले निर्देशन गर्ने फिल्मका अन्य कलाकार तय हुन बाँकी छन् । यसका लागि भारतको दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ । एक महिनापछि छायांकन सुरु हुनेछ र लोकेसन पनि फाइनल छ । लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा फिल्म छायांकन गर्ने तयारी छ ।

फिल्मलाई न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । ‘जेरी’को पहिलो श्रृंखलाले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो । पहिलो फिल्मबाटै हिट भएपछि आनालाई पछाडि फर्केर हेर्नुपरेन । जेरी जोडीको रुपमा अनमोल र आनाको सम्बन्ध अफस्क्रिनमा समेत उत्तिकै चर्चित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?