+
+

पेश्की रकम फिर्ता गर्दै अनमोलले छाडे फिल्म ‘एक्स नाइन’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:४९
अभिनेता अनमोल केसी । फाइल तस्वीर

काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘एक्स नाइन : लेभल वान’बाट बाहिरिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफूले फिल्म गर्न नसक्ने बताए । उनले फिल्मको ‘साइनिङ अमाउन्ट’ (पेश्की रकम) पनि फिर्ता गरेका छन् ।

‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । अहिलेसम्म पनि छायांकन सुरु गर्न सक्नुभएन । मैले अन्य प्रोजेक्टहरु पनि गर्नुपर्ने हुन्छ । यही कारण मैले उक्त फिल्म छाडेको छु,’ अनमोलले भने, ‘सम्झौता त एक वर्षअघि नै सकिएको थियो । सुटिङ पनि सरेको सर्‍यै भयो । फेरि पनि जाने सम्भावना देखिएन ।’

आर्थिक अभावको कारण छायांकन सुरु हुन ढिलाइ भएको जानकारी निर्माताले आफूलाई गराएको समेत अनमोलले बताए । ‘उहाँहरुलाई कुर्दा मैले छड्के २ र जेरी २ गर्नुपर्ने थियो । मैले अन्य प्रोजेक्ट पनि गर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘यसपटक साइनिङ अमाउन्ट नै फिर्ता गरेको छु ।’

मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको उक्त फिल्मलाई क्यानडा र अष्ट्रेलियामा छायांकन गर्ने बताइएको थियो । अनमोलसहित पछिल्लो समय चलेका कलाकारलाई समेत अनुबन्धित गरिएको थियो । यो फिल्मकै लागि भनेर अनमोलले आफूलाई व्यस्त बनाएका थिए । लिड एक्टरले नै फिल्म छाडेपछि ‘एक्स नाइन : लेभल वान’को भविष्य अन्योलमा परेको छ ।

अनमोल यतिबेला ‘छड्के २’को स्वरांकनमा व्यस्त छन् । चाँडै ‘जेरी २’मा उनी व्यस्त हुनेछन् । त्यसपछि होमप्रोडक्सन फिल्म ‘पारस’ वा ‘माइतीघर २’मध्ये एक फिल्ममा उनी व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?