+
+

गुरागाईंको जङ्क्सन पिपलबोट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १९:४०

७ माघ, कवि तथा लेखक प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । यसअघि कविता संग्रह ‘खुट्टामा श्रीपेच’ प्रकाशित गरेका गुरागाईंको यो पहिलो गैरआख्यान हो ।

शनिबार थापागाउँस्थित मण्डला थिएटरमा  कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले गुरागाईंको पुस्तकको लोकार्पण गरेका हुन्।

लोपार्पण कार्यक्रममा बोल्दै टिप्पणीकारहरूले पुस्तक ‘जङ्क्सन पिपलबोट’ नयाँ सडकको इतिहासको महत्वपूर्ण दस्तावेज भएको बताए । उनीहरूले इतिहासलाई खोजेर पुस्तकको रूप दिन गरेको मेहनतका लागि लेखकलाई धन्यवाद दिए ।

न्यूरोड क्षेत्रमा स्थायी बसोबास रहेकी कवि लक्ष्मी मालीले पुस्तक पढ्दा आफूलाई बाल्यकालमा पुर्‍याएको बताइन् । उनले पुस्तकमा नअटाएका आफूले सुनेका र देखेका नयाँ सडकका केही घटना पनि सुनाइन् कार्यक्रममा सुनाएकी थिइन् ।

मानवशास्त्री ढकालले पुस्तकबाट आफूले नयाँ सडकका थुप्रै नयाँ रोचक कुरा थाहा पाएको बताए । उनले पुस्तकका कमीकमजोरी औंल्याउँदै आगामी संस्करणमा ती कुरालाई समेट्न लेखकलाई आग्रह गरे ।

लेखक गुरागाईंले चार वर्षको मेहनतपछि पुस्तक तयार भएको जानकारी दिँदै वक्ताले औंल्याएका पुस्तकका कमीकमजोरी आगामी संस्करणमा सच्याउने प्रतिबद्धता पनि  जनाए । कोरोना कहरका कारण नयाँ सडकका केही कुरा उल्लेख गर्न नसकेको बताउँदै इतिहास खोजेर र लेखेर कहिल्यै नसकिने उनको भनाइ थियो ।

भौतिक पूर्वाधारको क्रमिक विकाससँगै सामाजिक, राजनीतिक, सांस्कृतिक मात्र नभएर साहित्यको केन्द्रका रूपमा न्यूरोड कसरी उभिन पुग्यो भन्ने सन्दर्भलाई गुरागाईंले पुस्तकमा मसिनो ढंगले केलाएका छन् ।

३१६ पृष्ठको पुस्तक ‘जङ्क्सन पिपलबोट’मा १६ शीर्षकमा छुट्टाछुट्टै आलेख समाविष्ट छन् । ४५० रुपैयाँ मूल्य रहेको पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?