+
+

जिमेलमा फोल्डर कसरी बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १७:३९

८ माघ, काठमाडौं ।  जिमेल विश्वमा सबैभन्दा लोकप्रिय इमेल सेवा हो । जिमेलको इनबक्सलाई व्यवस्थित गर्नका लागि गुगलले विभिन्न अप्सनहरु उपलब्ध गराउने गरेको छ । इमेलहरुलाई छानेर व्यवस्थित ढंगले राख्नका लागि जिमेलमा labels अर्थात् फोल्डर बनाउन सकिन्छ ।

जिमेलको लेबल भनेको एक प्रकारको ट्याग हो जसलाई तपाईले आफुले पठाउने वा प्राप्त गर्ने जुनसुकै इमेलमा थप्न सक्नुहुन्छ । त्यस्तो ट्याग ड्राफ्ट इमेलमा पनि राख्न सकिन्छ ।

Labels भनेको हामीले कम्प्युटरमा बनाउने सामान्य फोल्डर जस्तै हो । तर फोल्डरभन्दा यो केही फरक हुन्छ किनकी तपाईले एउटै इमेलमा पनि धेरै प्रकारका लेबल राख्न सक्नुहुन्छ । फोल्डर भित्र सब फोल्डर राखेझैँ लेबल भित्र पनि लेबल बनाउन सकिन्छ ।

जिमेलमा लेबल (फोल्डर) कसरी सिर्जना गर्ने ?

  • आफ्नो डेस्कटपमा जिमेल अकाउन्ट लगइन गर्नुहोस् ।
  •  स्क्रिनको दायाँ माथिल्लो छेउँमा रहेको Settings आइकनमा जानुहोस् ।
  • See All settings अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि Lables ट्याबमा जानुहोस् जुन General ट्याबको दायाँपट्टि हुन्छ ।
  • स्क्रोल डाउन गर्दै Create new Label मा जानुहोस् ।
  • आफ्नो राख्न थालेको Labels को नाम टाइप गर्नुहोस् । त्यति गरिसकेपछि तपाईको जिमेलमा लेबल अर्थात् फोल्डर बन्दछ ।

यदि तपाईले लेबलमा कुनै इमेल थप्नुभयो भने त्यो अझैपनि मुख्य इनबक्समा देखा पर्दछ । तर जब तपाईले इमेललाई लेबलमा सार्नुहुन्छ तब यो जिमेलको मुख्य इनबक्सबाट हराउँछ ।

त्यसपछि तपाईले लेबलको नामबाट उक्त इमेल खोज्न सक्नुहुनछ । कुनैपनि इमेल जुन तपाईलाई तत्कालै आवश्यक पर्दैन तर त्यो महत्वपूर्ण छ चाहीँ छ भने तपाईले त्यस्तो इमेल प्राप्त हुने बित्तिकै उपयुक्त लेबलमा सार्न सक्नुहुन्छ ।

तपाईको दैनिक कार्य तथा व्यक्तिगत जिवनमा जिमेलको Labels को फाइदा के ?

  • जिमेलमा प्राप्त हुने इमेलहरुमा लेबल लगाउनाले भविष्यमा ती इमेल खोज्न र फेला पार्न सजिलो हुन्छ ।
  • तपाईले एउटा लेबलबाट इमेल डिलिट गर्दैमा अर्को लेबलबाट डिलिट भएको हुँदैन । त्यसैले तपाईलाई एक भन्दा धेरै ठाउँमा आफ्नो इमेल सुरक्षित राख्न सहयोग गर्दछ ।
  •  तपाईले विभिन्न लेबलहरुलाई फरक फरक रङ्गीन कोड प्रयोग गर्न सक्नुहुन्छ । यसले गर्दा तपाईलाई आफ्ना इमेलहरु फेला पार्न र छुट्टाउन सजिलो हुन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?